Skip to content
LAXMI SUNRISE BANK

क्षतिग्रस्त भएका राजमार्गहरुको निर्माण गरि सहज रुपमा सवारीसाधान सञ्चालन गर्न सरकारलाई निर्देशन(भिडियो)

अर्थ सरोकार

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले मुलुकका बिभिन्न राजमार्गहरुमा सहज रुपमा सवारीसाधान सञ्चालन व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले दशैं तिहार लगायतका चाडपर्व नजिकिँदै गएको अवस्थामा बाढी र पहिरोबाट क्षतिग्रस्त भएका राजमार्गहरुको आवश्यक मर्मत र निर्माण गरि सहज रुपमा सवारीसाधान सञ्चालन व्यवस्था मिलाउन गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

त्यस्तै बैठकले कोरोना संक्रमणलाई मध्यनजर गर्दै अनलाइन प्रणालीबाट टिकट खरिद गर्ने व्यवस्थालाई प्रोत्साहनसहित लागू गर्न निर्देशन दिएको छ भने दशैँअघि र पछि गरी कम्तीमा ७ दिन रुट परमिट लागु नगर्न र क्षमताभन्दा बढी यात्रु राखे नराखेको प्रभावकारी अनुगमन गर्न पनि निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिनुभयो । बैठकले ५० करोड रुपैयाँभन्दा बढी लागत पर्ने आयोजनाहरूलाई मात्र बहुबर्षीय आयोजना मान्ने गरी बनाइएको मापदण्ड समयानुकल नभएको भन्दै आवश्यक पुनरावलोकन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको सभापति खड्काले बताउनुभयो ।

बैठकमा सांसदहरुले दशैं तिहार लगायतका चाडपर्वमा यात्रुहरुले बेहोर्नुपरेको सास्तीलाई हटाउन सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद गणेशकुमार पहाडीले यात्रुले सहज ढंगले टिकट खरिद गर्ने र आवश्यक परे अनलाईनमार्फत नै टिकटको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाले सडकहरुको निर्माण समयमा नै नभएको भन्दै यसले पार्ने असरमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । सांसद यज्ञराज सुनुवारले लामो समय नचलेका सवारी साधानहरु चाडवाडमा चल्ने भएकाले सवारीसाधनको अवस्थाका बारेमा पनि अध्ययन गर्नुपर्ने बताउनुभयो । त्यस्तै सांसदहरुले छोटो दुरीमा पनि सवारीसाधानको चेकजाँचको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए । हेर्नुहोस् भिडियोः<div class=”facebook-responsive”>

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK