×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोड भाषा प्रयोग गरी काठमाडौंका विभिन्न स्थानमा पाकेटमारी र चोरी गर्ने २०७ जना पक्राउ, ४६ जना जेल चलान (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार

PRIME CA
laxmi sunrise bank

कोड भाषा प्रयोग गरी काठमाडौंका विभिन्न स्थानमा पाकेटमारी र चोरी गर्ने २०७ जना पक्राउ, ४६ जना जेल चलान (भिडियो रिपोर्ट)

काठमाडौँ । प्रहरीले सवारीसाधनमा पाकेटमारी र चोरी गर्ने २०७ जना व्यक्तिलाई पक्राउ गरेको छ । सवारीसाधन र बजारमा पाकेटमारी र चोरी गर्ने कार्यमा संलग्न २०७ जनालाई काठमाडौँ प्रहरी परिसरले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । काठमाडौं उपत्यकामा सञ्चालित बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुहरु र किनमेल गर्न बजारमा गएकाहरुको पकेट तथा झोलामा रहेका नगद, मोबाइल, गरगहना चोरी गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको परिसरले जनाएको छ ।
पक्राउ परेका २०७ जनामध्ये १६१ जनामाथि अनुसन्धान भइरहेको र ४६ जनाको अनुसन्धान पूरा भई कारागार चलान गरेको परिसरका प्रमुख एसएसपी अशोक सिहंले जानकारी दिनुभयो । उहाँले सार्वजनिक सवारीमा पाकेटमारी र चोरी गर्नेले कोड भाषा प्रयोग गर्ने भएकाले सचेत रहन आग्रह गर्नुभयो ।
पत्रकार सम्मेलनमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले चाडवाडमा हुने अपराधीक घटनालाई निरुत्साहित गरिने बताउनुभयो । उहाँले अहिले सरकारले सार्वजनिक सवारीको भाडा समायोजन हुनुपर्ने, बिभिन्न स्थानका सडक मर्मत गर्नुपर्ने बताउनुभयो ।
काठमाडौँ प्रहरी परिसरले चाडपर्वमा हुनसक्ने अपराधिक घटनालाई निरुत्साहित गर्न ३० हजार घरमा जनचेतनामुलक कार्यक्रम पनि गरिएको जनाएको छ ।  हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: