×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैँमा मात्रै कनेक्ट आइपीएसबाट नौ अर्बभन्दा बढीको कारोबार

GLOBAL IME BANK
SHREE KESH

दशैँमा मात्रै कनेक्ट आइपीएसबाट नौ अर्बभन्दा बढीको कारोबार

२ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचल)ले सञ्चालन गर्दै आएको कनेक्ट आइपीएसबाट दशैँको बेला मात्रै नौ अर्बभन्दा बढी कारोबार भएको छ । घटस्थापना अर्थात् २१ देखि ३० असोजसम्ममा उक्त प्रणालीमार्फत नौ दशमलव दुई अर्ब रुपैयाँ बराबरको कारोबार भएको हो ।
उक्त कारोबार पछिल्लो वर्षको दशैँको तुलनामा ३१७ प्रतिशतले वृद्धि भएको हो । दशैँको समयमा नगद कारोबार निकै हुने र नेपाली संस्कृतीसँग जोडिएकोले नगद कारोबार चाडपर्वमा उल्लेख्य हुने भएता पनि यसबेला बैंक, वित्तीय संस्थाहरू तथा विभिन्न भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकहरूको पहलमा चाडपर्वमासमेत विद्युतीय कारोबार निकै बढ्दै गएको देखिन्छ ।
कनेक्ट आइपीएसबाट कारोबार गर्न ग्राहकले उक्त प्रणालीको मोबाईल एप वा वेब तथा कुनै पनि बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गबाट रकम ट्रान्स्फर र भुक्तानी गर्न सक्छन् । कनेक्ट आइपीएसको एप र वेबमा आफ्नो खाता एकपटक लिङ्क गर्नु पर्ने हुन्छ भने मोबाईल बैंकिङमार्फत प्रयोग गर्न छुट्टै रजिष्टर बिना सिधैँ गर्न सकिने एनसीएचलले जानकारी दिएको छ ।
मोबाइल बैंकिङ्गमार्फत प्रयोग गर्न छुट्टै रजिष्टर बिना नै गर्न सकिने व्यवस्था रहेको छ । हाल चाडपर्वको समय भएकाले कनेक्ट आइपीएसको मोबाईल एप वा कुनै पनि बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गबाट गरिने रकम ट्रान्स्फरमा लाग्ने कारोबार निःशुल्क गरिएको छ । यो २० असोजदेखि २५ कात्तिकसम्म पूर्ण रुपमा निःशुल्क गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: