जनकपुर । नेपालीहरुको महान पर्व बडा दशैँको उपलक्ष्यमा जनकपुरको विभिन्न शक्तिपीठहरुमा पूजाको आवश्यक तयारी पूरा भएको छ । बडा दशैँको उपलक्ष्यमा जनकपुरको ऐतिहासिक शक्तिपीठहरु भव्य रुपमा सजाइएको हो । स्थानीय युवा क्लवहरु दशैँलाई भव्य बनाउन जुटेका छन् भने प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहित एक दर्जनभन्दा बढी स्थानमा शक्तिस्वरुपा दूर्गाको मूर्ति स्थापना गरी दशैँमा पूजाअर्चना गर्ने गर्न तयारी गरिरहेका छन् ।
राम मन्दिर परिसरभित्र रहेको राजदेवी मन्दिरसहित अन्य स्थानमा मूर्ति स्थापना गरी पूजा गरिने ठाउँहरुमा आकर्षक पण्डाल, रंगीचंगी बल्व जडान गर्ने कार्य शुरु भइसकेको छ । राजा जनकका कुलदेवता भनिएको प्रसिद्ध राजदेवी मन्दिरमा आकर्षक पण्डाल र भिलिमिल बत्तीहरु जडान गर्ने कार्य करिव पूरा भइसकेको महावीर युवा कमिटीले जनाएको छ । पण्डाल, बत्तिलगायत पूजा व्यवस्थापन गर्न १० लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । मन्दिरका मुलपुरोहित गणेश झाले मन्दिरमा पररम्पगत रुपमा हुने गरिएको पूजाको साथै तान्त्रीक विधिको अनुसार समेत पूजा गरिने बताउनुभयो । उहाँले मन्दिरमा तान्त्रिक विधि अनुसार पूजा हुने गरिएकै कारण दशैँभर महिलाहरुलाई राजदेवी मन्दिरमा पूजा गर्न वर्जित गरिएको पनि बताउनुभयो ।
मुल पुरोहित झाले भन्नुभयो, ‘मन्दिरमा पररम्पगत रुपमा हुने गरिएको पूजाको साथै तान्त्रीक विधिको अनुसार समेत पूजा गरिन्छ, मन्दिरमा तान्त्रिक विधि अनुसार पूजा हुने गरिएकै कारण दशैँभर महिलाहरुलाई राजदेवी मन्दिरमा पूजा गर्न वर्जित हुन्छ ।’ त्यस्तै घटस्थापनादेखि शुरु हुने पूजाअर्चना विजया दशमीसम्म चल्ने बताउँदै क्लबका अध्यक्ष मनमोहन शाहले दशैँलाई भव्य बनाउन नियमित पूजाका साथै भजन सन्ध्या लगायतको कार्यक्रम गरिने जानकारी दिनुभयो । उहाँले स्थानीय रामानन्द युवा क्लव हरेक वर्ष झैँ यस वर्ष पनि माटोको मूर्ति निर्माण गरी पूजाको तयारीमा जुटेको बताउँदै पूजालाई भव्य बनाउन क्लबले रामानन्द चोकमै पण्डाल निर्माण थालेको जानकारी दिनुभयो ।
जनकपुरको मुरली चोक, भ्रमरपुरा चोक, पिडडीया माइस्थान, रजौललगायतको क्षेत्रका युवा क्लबहरु पनि दशैंको तयारीमा जुटेका छन् । अन्य दिन चाँडै बन्द हुने जनकपुर दशैँ शुरु भएपछि राति अबेरसम्म खुल्ला रहने गर्दछ । धार्मिक स्थलहरुमा हुने भजनकिर्तन तथा धार्मिक कार्यक्रमले जनकपुरमा छुट्टै रौनक छर्ने गर्छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्