Skip to content
LAXMI SUNRISE BANK

साधारण सेयर जारी गर्नेदेखि साधारणसभासम्मका माग राख्दै काठमाडौँ उपत्यका खानेपानीका कर्मचारीहरु आन्दोलनमा

अर्थ सरोकार

काठमाडौँ । आइपीओ निष्कासनको माग गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कर्मचारी अन्दोलित भएका छन् । आइपीओ निष्कासन गर्नेदेखि साधारणसभा गर्नेसम्मका मागगरु राख्दै कम्पनीका पाँचै वटा कर्मचारी संगठन आन्दोलनमा उत्रिएका हुन् ।
केयूकेएलले १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कानन गर्ने बताउँदै आएता पनि हालसम्म प्रक्रिया सुरु नगरेपछि आन्दोलन गर्नुपर्नेको कर्मचारीहरु बताउँछन् । यद्यपी कम्पनीले भने सर्वसाधारणका लागि मात्र नभई कर्मचारीका लागि पनि जारी पूँजीको ५ प्रतिशत अर्थात ५ करोड रुपैयाँ बराबरको सेयर छुट्याएको छ ।
यस्तै कर्मचारीहरुले पछिल्लो तीन वर्ष देखि हुन नसकेको साधारणसभा गर्न, सर्वसाधारण तथा कर्मचारीका लागि छुट्याएको सेयर निष्काशन गर्न, ग्राहकलाई अनलाइन सेवा उपलब्ध गराउनु पर्ने, संस्थागत तथा नीतिगत सुधार कार्यान्वयन गर्नुपर्ने, काठमाडौँ उपत्यका खानेपानि व्यवस्थापन बोर्डसंग भएको सम्झौता तथा अनुमतीपत्रको सन्दर्भमा पुनरावलोकन गर्न र मेलम्ची खानेपानी सञ्चालनको सुनिश्चितता गराउनु पर्ने माग राख्दै आन्दोलन गर्दै आएका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK