×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी विकास बैंकले मार्यो खुद नाफामा ९०.८० प्रतिशतको छलाङ, रिजर्भ कोषमा २ अर्ब १ करोड रुपैयाँ ! (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लुम्बिनी विकास बैंकले मार्यो खुद नाफामा ९०.८० प्रतिशतको छलाङ, रिजर्भ कोषमा २ अर्ब १ करोड रुपैयाँ ! (विवरणसहित)

Artha Sarokar

१४ कार्तिक २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफामा ९०.८०% को छलाङ मारेको छ । बैंकले  पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा ९०.८०% ले बढेर २१ करोड ३१ लाख रुपैयाँ आर्जन गरेको जनाएको हो । गत वर्ष सोहि अवधिमा बैंकले ११ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै यस अवधिसम्म आउँदा बैंकको वितरणयोग्य नाफा ५१ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८९ पैसाले बढेर २९ रुपैयाँ ३४ पैसा (वार्षिक) कायम भएको छ । प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ०५ पैसा छ । बैंकले खुद ब्याज आम्दानी ३३.७१% र सञ्चालन नाफा ८३/४०% ले बढेको पनि जनाएको छ । बैंकको रिजर्भ कोषमा २ अर्ब १ करोड रुपैयाँ हुँदा चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी