ललितपुर । नेपालकै अग्रणी मिडिया कम्पनी म्याक्स मिडियाको आयोजनामा ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता शुभारम्भ भएको छ । डिजिटल मिडिया सम्बन्धि संभवत नेपालकै पहिलो र सबैभन्दा ठूलो यस प्रतियोगिताले डिजिटल मिडियामा विज्ञता भएका ब्यक्तिहरुलाई भागलिन आब्ह्वान गरेको छ । ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सञ्चालन गर्नुको मुख्य उद्देश्य नै डिजिटल मिडियामा विज्ञता भएका ब्यक्तिहरुको पहिचान गर्दै उनीहरुलाई ब्यक्तिगत एवं समग्र नेपाली मिडिया उद्योगलाई नै टेवा पुर्याउन त्यस्ता ब्यक्तिहरुको पहिचान, प्रोत्साहन र अवसर प्रदान गर्नु रहेको छ । नेपालमा विभिन्न विदेशी कम्पनिसँग सहकार्य गरेर डिजिटल मिडिया सम्बन्धि काम गर्ने अभ्यास भइरहेको छ । तर स्वदेशमा नै लुकेर रहेको डिजिटल मिडिया सम्बन्धि त्यस्तो प्रतिभाको खोजी गरी उनीहरुलाई नै प्रोत्साहन गर्दै डिजिटल मिडिया सम्बन्धि आवश्यकता पूर्ति गर्ने उद्देश्य लिएर अगाडि बढेको कम्पनीले जनाएको छ ।
मिडिया क्षेत्रको पृष्ठभूमिमा पछिल्लो पाँच बर्षको अवधिमा निकै ठूलो परिवर्तन देखिएको छ । यस अवघिमा खासगरी डिजिटल मिडियाको सुुरुवात मात्र नभई हाम्रो दैनिक जीवन, जहाँ हामी हाम्रो जीवत यापन गरिरहेका छौं, त्यसको महत्व बढाइरहेको छ । अहिलेको समयमा हामीले नेपालमा डिजिटल मिडियाको संभावना उच्च देखेका छौं, जुन हाम्रो विचार प्रस्तुत गर्ने एउटा सशक्त माध्यम पनि हो । नेपालको डिजिटल मिडियाको क्षेत्रमा प्रसस्त अवसर रहेको हामीले देखेका छौं, जसवाट हरेक ब्यक्तिले आफू वसेको स्थानवाट नै राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा आफ्नो क्षमता प्रस्तुत गर्ने उचित अवसर प्राप्त गर्नेछ । यो एउटा ब्यक्तिको मात्र नभएर ग्राहक, आम विज्ञापन दाता र समग्र मिडिया उद्योगकै लागि राम्रो पक्ष भएको पनि कम्पनीले जनाएको छ ।
म्याक्स मिडिया डिजिटल गुरु एउटा बिशेष चुनौतिको परीक्षण गर्ने लक्ष्य सहित पहिलो पटक प्रस्तुत भएको डिजिटल हेडहण्ट हो । जहाँ सहभागिले प्रतियोगिताको नियममा रही आफ्नो रुचीको बिषयमा डिजिटल मिडिया सम्वन्धि सबल प्रस्तुति प्रस्तुत गर्न दिइने छ । यसवाट नेपालको डिजिटल मिडियाहरुको उत्थानका लागि एउटा नयाँ अध्ययन सुुरु हुने हाम्रो अपेक्षा रहेको छ । यो उत्साहसँग आफ्नो नयाँ अनुभव कोर्नुका साथै सिमित घेराभन्दा वाहिर निस्किएर सिक्न र आफ्नो क्षमता वाहिर ल्याउनका लागि यो एउटा त्यस्तो अवसर हो जसले रु पाँच लाख सम्म पुरस्कार समेत प्राप्त गर्ने छ । म्याक्स मिडिया डिजिटल गुरुको मुख्य उद्धेश्य नै मिडिया इण्डस्ट्रिका लागि उत्कृष्ट र नविनतम विचार सहितको सोच प्रश्तुत गर्ने रहेको छ । यस प्रतियोगितामा सहभागिहुनका लागि www.digitalguru.maxmedia.com.np मा रजिष्टर गर्न सकिने छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्