×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश क्यापिटल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित १९ प्रतिशत नगद लाभांश पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल बंगलादेश क्यापिटल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित १९ प्रतिशत नगद लाभांश पारित

Artha Sarokar

१८ आश्विन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल बंगलादेश क्यापिटलको तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको साधारण सभा आज मिति २०७८/०६/१८ गतेका दिन इन्द्रेणी फुडल्याण्ड बानेश्वर काठमाडौंमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पनि पारित भएको छ । यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने विशेष प्रस्ताव समेत पारित भएको छ ।

आव २०७७/०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७७/७८ सम्मको संचित मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश (रु.२०,००,००,०००/- चुक्ता पूँजीको १९ प्रतिशतले हुन आउने रकम रु.३,८०,००,०००/-) कर सहित वितरण गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिस मुताबिक लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने प्रस्तावहरु पारित भएको छ । साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने विशेष प्रस्ताव समेत पारित भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी