×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पनौती नगरपालिकाभित्र घुम्ने स्थान र गर्न पाइने गतिविधि सार्वजनिक, यी हुन् घुम्न लायक ठाउँहरु (भिडियो रिपोर्ट)

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाले नगरभित्र घुम्ने स्थान र गर्न पाइने गतिविधि सार्वजनिक गरेको छ । नेपाल पर्यटन बोर्डमा नगरपालिकाभित्रका घुम्नै पर्ने स्थानको बुधबार पर्चा विमोचन गरेको हो ।
नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका विभिन्न घुम्नै पर्ने स्थान र गर्न पाउने गतिविधि सार्वजनिक गर्दै पनौती नगरपालिकामा पर्यटनको प्रवल सम्भावना भएको बताएको छ । मनोरम पहाड, खेत तथा हिमशृंखलाको दृश्यले आगन्तुकलाई आनन्द प्रदान गर्ने मनोरम स्थान रहेको नगरपालिकाको निष्कर्ष छ । साहसिक पर्यटनका लागि पनि पनौती उपयुक्त स्थान रहेको भन्दै नगरपालिकाले पनौतीमा मनोरञ्जनात्मक कार्य गर्न प्याराग्लाइडिङ, रक क्लाइम्बिङ जस्ता खेल रहेको बताएको छ ।
पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेक –लोल्यान्ड ट्रेक, साँगा–पनौती हाइक (कम्युनिटी हाइक), गुर्दुम–महाभारत पदयात्रा, माउन्टेन बाइक (फुल्चोकी वरिपरि),बर्ड वाचिङ (चराको दृश्यावलोकन), योग रिट्रिट, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा मेला अवलोकन भ्रमण गर्नेपर्ने गतिविधि हुन्। हेर्नुहोस् भिडियो :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: