×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रिडी हाइड्रोपावर डेभलपमेन्टले डाक्यो कात्तिक १२ गते २०औं वार्षिक साधारणसभा, कहिले हुन्छ बुक क्लोज ? (विवरणसहित)

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्नो २०औं वार्षिक साधारणसभा कात्तिक १२ गते डाकेको छ । कम्पनीले सभा केन्द्रिय कार्यालय थापाथलीमा भर्चुवल माध्यमबाट बिहान ११ बजे बोलाएको हो । सभामा कम्पनीले रैराङ हाइड्रोपावरलाई मर्जर वा एक्विजिसन गर्ने बारे निर्णय गर्ने एजेन्डा लैजाने भएको छ  ।
यस्तै कम्पनीले १२.६% नगद लाभांश (करसहित) दिने घोषणा गरेको छ । यो प्रस्ताव साधारण सभाले पारित गर्ने एजेन्डा रहेको छ । साथै सभामा आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहलगायतका एजेन्डा पनि राखिएको छ ।
यता सभाका लागि कम्पनीले कात्तिक २ गते एकदिन बुक क्लोज गर्नेछ । जसअनुसार कात्तिक १ गतेसम्म मात्र कायम सेयरधनीले लाभांश पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: