×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सानिमा बैंकले भक्तपुरको बालकोट चोकमा खोल्यो नयाँ शाखा, कुल शाखा संख्या १ सय १५ पुग्यो

काठमाडौं । सानिमा बैंक लिमिटेडले भक्तपुरको बालकोट चोकमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । पछिल्लो समयमा उपत्यका केन्द्रित शाखा संजाल बिस्तारमा आक्रामक बनेको बैंक व्यवस्थापनले एक महिनामा ललितपुर, काठमाण्डौं र भक्तपुरमा नयाँ शाखाहरु ठूलो संख्यामा थपेको छ ।
काठमाण्डौंंको कलंकी, टेकु, न्यूरोड, बानेश्वर, ग्वार्को, नक्साल, चुच्चेपाटी, सामाखुसी, सोह«खुट्टे, महाराजगंजमा शाखा रहेकोमा गोकर्णेश्वरमा दशैंअघि शाखा स्थापना गरेको छ । भक्तपुरको बोडेमा पनि हालैमात्र शाखा कार्यालय संचालनमा ल्याएको छ । भक्तपुर जिल्लाको गठ्ठाघर र ठिमीमा शाखा संचालन गरिरहेको छ ।
एक महिनाको अवधिभित्र ललितपुर जिल्लामा मात्र सानेपा, मंगलबजार, बालकुमारी, हरिसिद्धि, डोलाहिटीसहित पाँचवटा नयाँ शाखा थपिएका छन् । यसअघि ललितपुरको भैंसेपाटी, सातदोबाटो, कुमारीपाटी, कुपण्डोल, थसिखेल, एकान्तकुनामा शाखा संचालनमा रहेका थिए ।
बैंक व्यवस्थापनले काठमाण्डौं उपत्यकाभित्र संचालनमा रहेका २६ वटा बिस्तारित काउण्टरलाई व्यवसाय र रणनीतिकरुपमा शाखा कार्यालयमा स्तरोन्नती गरिरहेको छ । बालकोट शाखा संचालनमा आएसँगै बैंकको शाखा संख्या ११५ पुगेको छ । बैंकले मैतीदेवीमा पनि नयाँ शाखा संचालनमा ल्याउने तयारी गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: