Skip to content
LAXMI SUNRISE BANK

सामाजिक संजालबाट : ‘शिवचन्द्र’ले देखेका सेयर बजारका शिकारी अनि तीनले थाप्ने पाशाे

अर्थ सरोकार

सामाजिक सञ्जालमा शिव चन्द्र (डाेन) काे नामले परिचित लगानीकर्ताले सेयर बजारका शिकारी अनि तीनले थाप्ने पाशाेबारे दिएको अभिव्यक्ति आजको स्तम्भ : ‘सामाजिक संजालबाट’मा :

सेयर बजारका शिकारी अनि तीनले थाप्ने पाशाे :

शिकारी नं १. नेपाल राष्ट्र बैंक जसले समय समयमा सर्कुलरको पाशाे थाप्ने अनि मरिसके पछीको औषधी झैं थप पाशाे थाप्दै लगानिकर्ता लाई मल्हम लगाईदिए झैं थाप्ने झन् डरलाग्दो अर्को Slow poison पाशाे।

शिकारी नं २. पेड धर्कामान चित्रकार मित्रहरु जसले यतीसम्म झरेपछी फेरी अल टाईम हाई ब्रेक गर्छ भनेर माथिल्लो विन्दुको हवाला दिँदै तल्लो तल्लो विन्दुमा पाशाे थाप्ने ।

शिकारी नं ३. सेयर बजारको नियामक निकाय धिताेपत्र बोर्ड जसले यो गर्छौं, त्यो गर्छौं भनेर लगानीकर्तालाई आशाको पाशाे फ्याँक्ने, काम भने सिन्को नभाँच्ने ।

शिकारी नं ४. प्राय अनलाईन मिडियाहरु श्रोतको हवाला दिँदै कपोकल्पित र भ्रामक समाचारको पाशाे थापेर लगानीकर्तालाई आतंकको पाशाे थाप्ने।

शिकारी नं ५. प्राय विज्ञ विश्लेषक र लगानीकर्ताका नेता भनिनेहरुको दोहोरो चरीत्रको पाशाेको कारण पनि लगानीकर्ता आजित छन्।

समय खराब छ , बजार चारैतिरबाट शिकारीहरुको एकोहोरो पाशाेमा परेको छ। यस्तो अवस्थामा लगानीकर्ता आफ्नो लगानीमा दृढ र सँयम भएर आफ्नो सम्पत्तीको सुरक्षा आफै गर्नुको विकल्प छैन।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK