×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अप्पर स्यांगे हाइड्रोपावरले पनि असोज २४ गते बोलायो साधारणसभा, आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अप्पर स्यांगे हाइड्रोपावरले पनि असोज २४ गते बोलायो साधारणसभा, आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिने

Artha Sarokar

२२ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अप्पर स्यांगे हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न असोज २४ गते अर्थात आइतबार साधारणसभा बोलाएको हो । सभा कम्पनीको केन्द्रीय कार्यालय चन्डोल ४ काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियामालीमा संशोधन गर्ने एजेन्डा पनि छ । यस्तै, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन लगायतका प्रस्ताव पनि पेश गरिनेछ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी