×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हवाई इन्धनको मूल्य बढेसँगै बढ्यो हवाई भाडा पनि, हेर्नुहोस् कुन ठाउँको कति बढ्यो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

हवाई इन्धनको मूल्य बढेसँगै बढ्यो हवाई भाडा पनि, हेर्नुहोस् कुन ठाउँको कति बढ्यो ?

Artha Sarokar

२८ कार्तिक २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरेको जनाएको छ । हवाई इन्धनमा सरकारले आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर १०१ रुपैयाँ पुर्याएको छ । अब यात्रुले हवाई यात्राका क्रममा अधिकतम २२० रुपैयाँसम्म बढी मूल्य तिर्नुपर्नेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट समेत परिमार्जित मूल्यलाई स्वीकृति प्रदान भएसँगै आइतबारबाट यो भाडादर कायम भएको हो । परिमार्जित फ्यूल ‘सरचार्ज’ अनुसार सबैभन्दा बढी काठमाडौं-धनगढी रुटमा २२० रुपैयाँले बढेको छ । यस्तै काठमाडौंबाट हुने पर्वतीय उडानमा रु १७० रुपैयाँ बढेको छ भने पोखरा-विराटनगर रुटमा रु १८० रुपैयाँ बढेको छ । काठमाडौंबाट जुम्ला उडानमा भने १७० रुपैयाँ बढेको छ । काठमाडौं-जुम्ला उडानमा भने १७०, काठमाडौं-सुर्खेत १७५, काठमाडौं-नेपालगन्ज १६०, काठमाडौंबाट भद्रपुर १५० रुपैयाँ भाडा बढेको वायुसेवा संचालक संघले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी