Skip to content
LAXMI SUNRISE BANK

आज धनतेरस अर्थात धन किन्ने दिन : ‘सेयर लगानीकर्ताले राम्रो सेयर छानी छानी किनौं…’

अर्थ सरोकार

काठमाडौँ । आज धनतेरस अर्थात कुबेरको जन्मदिन । धनतेरसको दिनलाई घरघरमा समृद्धि भित्रिने दिनको रूपमा लिइन्छ । यस दिनमा गरिने किनमेललाई शुभ मानिन्छ भने यस दिन लक्ष्मीको विशेष कृपा हुने विश्वासका साथ विशेष सामग्रीहरू किनिने चलन रहेको छ । यस दिन विशेषगरी सुन, चाँदी तथा पित्तलका भाँडाकुँडाको खरिद गर्ने गरिन्छ ।

धार्मिक विश्वासअनुसार धनतेरसको दिन किनिएको कुवेर यन्त्र तथा श्री यन्त्रलाई शुभ मानिन्छ भने यस दिन किनिएको यन्त्रलाई घरको दराज तथा पसल व्यवसायमा राख्नाले वर्षभर पैसाको कमी नहुने विश्वास गरिन्छ । साथै, यस दिन लक्ष्मी र गणेशको लोगो भएको चाँदीको सिक्का किन्ने प्रचलन छ ।

जे किने पनि यो दिन धन किन्नु भन्ने चलन छ । र त आज सामाजिक संजालमा सेयर लगानीकर्ताहरुले आज सेयर किन्ने दिन भनिरहेका छन् । हुन पनि आज जसले जे सक्यो धन किन्ने दिन भएकाले सेयर लगानीकर्ताहरुले पनि धन किन्नु सुभ रहेको जानकारहरुको तर्क छ ।

यसै विषयमा चर्चित सेयर लगानीकर्ता शिव चन्द्र सामाजिक संजालमा लेख्छन्- ‘

धन त्रयोदशी / धनतेरस, सम्पत्ती बाहिर पठाउने हैन भित्र्याउने दिन!
आजबाट यमपञ्चक शुरु भई नेपालीहरूको महत्वपूर्ण चाड दिपावाली हाम्रो घरदैलोमा आईपुगेको छ। यमपञ्चकको हरेक दिनको आ-आफ्नै धार्मिक मान्यताहरू रहेका छन्। आज धन त्रयोदशी अर्थात् धनतेरश विशेषगरी किनमेलको लागि निक्कै उत्तम मानिन्छ। आज खरिद गरेका सामग्रीहरू (कमलको पुष्पासनमा बसेकै लक्ष्मीमाता र गणेशजीको मूर्ति, तस्बिर, माटोको मूर्ति, तस्बिर, स्टिल, तामा, पित्तल, चाँदी आदिको भाँडाकुँडा, सुन ईत्यादी) राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई हामीलाई धनधान्यले सम्पन्न गराउने जनविश्वास रहेको छ।
आफु सेयर लगानिकर्ता भएको नाताले डेढ दशक अगाडी देखी हरेक धन तेरसमा एउटा ‘क्रीम स्टक’ खरिद गर्ने गरेको छुँ। आजको दिनसम्म लक्ष्मी माताको कृपादृष्टी परेकै छ।’

आजदेखि भाइटीकाको दिनसम्म व्यवसाय तथा व्यक्तिगत कारोबारमा उधारो गर्दा अशुभ हुने जनविश्वाससमेत रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK