×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अपर स्याङ्गे हाईड्रोपावरले ८ लाख ७० हजार कित्ता आइपिओ निष्कासन गर्ने, बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले स्थानियवासी तथा सर्वसाधारणहरुका लागि ८ लाख ७० हजार कित्ता आइपिओ निष्कासन गर्ने भएको हो । उक्त आइपिओ निष्कासन गर्नको लागि कम्पनीले बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सो सम्बिध हाईड्रोपावर कम्पनी र प्रभु क्यापिटल सम्झौता भएको छ । उक्त सम्झौता ८ मंसिर १ गते बुधबार सम्पन्न भएको हो ।

अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष बिर बहादुर घले र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देश दिनेश थकालीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । कम्पनीले लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गा.पा. वडा नं.४, स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताको हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । कम्पनीको भौतिक कार्य अन्तिम चरणमा रहेको र कम्पनीले आइपिओ निष्कासनको अनुमतीको लागि विद्युत नियमन आयोगमा आवेदन दिने तयारीमा रहेको कम्पनीका कार्यकारी अध्यक्ष बिर बहादुर घलेले जानकारी दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: