काठमाडौं । नेपाल बंगलादेश बैंकले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले मंसिर २ गते बिहीबार वार्षिक साधारणसभा बोलाएको हो । साधारणसभा बिहान ११ बजे भर्चुअल मध्यमबाट हुने भएको छ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित हुने भएको छ ।
यस्तै सभामा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताप पनि पेश हुने भएको छ । साधारणसभा प्रयोजनका लागि बैंकले कात्तिक १५ गते बुक क्लोज गरेको थियो । जसकारण कात्तिक १४ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न तथा सभामा भाग लिन पाउनेछन् ।