Skip to content
LAXMI SUNRISE BANK

नेपाल टेलिकमले नाफामा मार्यो ४८.८९ प्रतिशतको छलाङ, अन्य सूचकहरुमा पनि लोभलाग्दो प्रगति (विस्तृत विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । नेपाल टेलिकमलेचालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत वर्षको भन्दा ४८.८९ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले १ अर्ब ५१ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीेले सेवा व्यापार पनि बढाएको छ । अघिल्लो वर्षको यसै अवधिमा ८ अर्ब ६३ करोड रुपैयाँ आम्दानी गरेको थियो भने यसपटक बढाएर ९ अर्ब ७७ करोड रुपैयाँ पुर्याएको छ । यस्तै कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको रहेको छ ।

यसैगरी कम्पनीको रिजर्भ कोष ८१ अर्ब ६० करोड रुपैयाँबाट बढेर ८३ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि १९ रुपैयाँ ७९ पैसाले बढेर ६० रुपैयाँ २६ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ ६५८ रुपैयाँ ८१ पैसा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK