Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या तत्काल समाधान गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह

अर्थ सरोकार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या तत्काल समाधन गर्न नेपाल सरकार र नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् । उनले भने, ‘विगत दुई वर्षभन्दा लामो समयदेखि कोभिड-१९ को महामारीबाट थला परेको अर्थतन्त्र विस्तारै उठ्दैछ, मुलुकको उद्योग व्यवसाय विस्तारै सुधार हुने अवस्थामा देखिएको छ । यही समयमा बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्याले यसलाई थप मारमा पार्न सक्छ, त्यसैले यो समस्या हल गर्न सरकार गम्भीर हुनुपर्छ ।”

शुक्रबार भक्तपुर उद्योग वाणिज्य सङ्घको ३४औँ वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड-१९ को महामारीबाट थला परेको व्यावसायिक क्षेत्र विस्तारै सुधार हुने अवस्थामा रहेको हुँदा अहिले बजारमा देखिएको तरलता समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकले तत्कालै कदम चाल्न नसके यसले दीर्घकालीन समस्या उत्पन्न गर्ने बताएका छन् ।

ढकालले भने, ‘बैंकिङ क्षेत्रको तरलताले उद्योग व्यवसायको गतिविधि बढाउन अझै निकै समस्या आउने देखिन्छ, यो समस्यालाई समाधान गर्ने गरी सरकार, अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई तुरुन्त कदम चाल्न म आग्रह गर्दछु, अब नयाँ मौद्रिक नीति आउँदा यो समस्यालाई सम्बोधन गर्ने गरी नीति आउनु आवश्यक छ ।’ उनले यो समस्या समाधानका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले पनि सरकारको ध्यानाकर्षण गराएको जानकारी दिए । वरिष्ठ उपाध्यक्ष ढकालले यस वर्ष बजेट ल्याउन ढिला हुँदा सरकारी खर्च कम भएको र विप्रेषणको आप्रवाह पनि घट्न पुगेको भन्दै यसले बजारमा तरलता अभाव देखिएको स्पष्ट पारेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK