काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा संचालित सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ लिमिटेडकोे छैठौं वार्षिक साधारणसभा संचालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी कविराज अधिकारीको अध्यक्षतामा मंगलबार सम्पन्न भएको छ ।
साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ मा १० प्रतिशत नगद लाभांश सहित वार्षिक प्रतिवेदन प्रस्ताब पारित गरेको छ । साधारणसभामा प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हाल शहरी क्षेत्रमा मात्र सिमित रहेको मर्चेन्ट बैकिङ सेवालाई ग्रामिण क्षेत्रमासमेत विस्तार गर्ने दीर्घकालिन सोच अनुरुप आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दुरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ सेवा लिन सकिने वातावरण बनाउने बताएका छन् ।
मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हाल २० करोड चुक्तापूंजी रहेको मर्चेन्ट बैंकिङले इस्यु मेनेजमेन्ट, आरटिएस, पोर्टफोलियो मेनेजमेन्ट, अन्डरराइटिङ्ग, डिपोजेटरी पार्टिसिपेन्ट लगायतको सेवा दिई रहेको बताए ।
साधारणसभामा आरविवि मर्चेन्ट बैंंकिङ लिमिटेडका संचालकहरु सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, पवन रेग्मी, केशब प्रसाद लम्साल, राजेन्द्रप्रसाद दाहाल, बैंकका उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, सेयरधनिका तर्फबाट प्रतिनिधि एवं बैंकका विभागीय प्रमुख विनयरमण पौडेल, बैंकका कम्पनी सचिव भोलानाथ पौडेल, कम्पनी रजिष्ट्रार कार्यालयकी सहायक रजिष्ट्रार कल्पना कुमारी बर्तौला, बाह्य लेखापरीक्षक सिए सुजन सुवेदी, आन्तरीक लेखापरीक्षक सिए एकराज सिग्देल लगायत मर्चेन्ट बैंकिङका कर्मचारीहरुकोे उपस्थिती रहेको थियो । साधारणसभालाई कम्पनी सचिव खगेन्द्र उप्रेतीले सहजीकरण गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्