×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विजय लघुवित्त वित्तीय संस्थाको आकर्षक प्रगति, खुद नाफा ४३.३४ प्रतिशतले वृद्धि हुँदा प्रतिसेयर नेटवर्थ कति ?(विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

विजय लघुवित्त वित्तीय संस्थाको आकर्षक प्रगति, खुद नाफा ४३.३४ प्रतिशतले वृद्धि हुँदा प्रतिसेयर नेटवर्थ कति ?(विवरणसहित)

Artha Sarokar

२९ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले पहिलो त्रैमाससम्म आइपुग्दा २ करोड ५२ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा अघिल्लो वर्षकोभन्दा ४३.३४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिका कम्पनीले १ करोड ७६ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि ३९.३४ प्रतिशतले बढेर ९ करोड १८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड ५८ लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । कम्पनीले यस वर्ष ३ करोड २१ लाख २ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्ष भने ३५ लाख ४९ हजार रुपैयाँ सञ्चालन नाफा नोक्सानमा रहेको थियो । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ९३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ २५ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी