काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश नियामक बिमा समितिले स्वीकृत गरेको छ । कम्पनीलाई आर्थिक वर्ष २०७६–७७ को नाफाबाट २५% बोनस सेयर र २% नगद गरी कुल २७% लाभांश वितरण गर्न समितिले स्वीकृति दिएको हो ।
अब कम्पनीले लाभांश प्रस्ताव वार्षिक साधारणसभामा लैजानेछ । सभाबाट पारित भएपछि मात्र सेयरधनीले सो लाभांश पाउनेछन् । हाल यस कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ । प्रस्तावित २५% बोनस सेयर वितरणपछि पूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।