×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रीनलाइफ हाइड्रोपावरको वार्षिक साधारणसभा माघ २१ गते हुने, यस्ता छन् छलफल हुने एजेण्डाहरु !

PRIME CA

ग्रीनलाइफ हाइड्रोपावरको वार्षिक साधारणसभा माघ २१ गते हुने, यस्ता छन् छलफल हुने एजेण्डाहरु !

१७ माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरको वार्षिक साधारणसभा माघ २१ गते हुने भएको छ । सभा अम्रपाली ब्यांकेट बालुवाटार, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुने भएको हो ।

सभामा संस्थापक समूहको तर्फबाट ५ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालक नियुक्त गर्ने प्रस्ताव रहेको छ । यस्तै आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पनि सभामा पेश गरिने छ ।

सभा प्रयोजनका लागि कम्पनीले माघ ९ गते बुक क्लोज गरेको छ । माघ ८ गतेसम्म कायम सेयरधनीले सभामा सहभागी हुन सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: