काठमाडौं । कर्पोरेट क्लबद्धारा आयोजित “एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२१” को वित्तीय सेवाहरु को वर्गमा मुक्तिनाथ विकास बैंक विजेता भएको छ । पुष २३ गते आयोजना भएको कार्यक्रमबीच मुक्तिनाथ विकास बैंक,वित्तीय सेवाहरुको वर्गमा उत्कृष्ट बैंकको रुपमा पुरस्कृत भएको छ ।
उक्त अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुखकार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए । साथै,उक्त सम्मान पाएकोमा बैंकलाई र बैंकका कार्यरत कर्मचारीहरुलाई अझै राम्रो सेवा प्रदान गर्ने उर्जा मिल्ने बैंकले विश्वास लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATMCard प्रयोग गरी नेपालभरी रहेको VISA Networkमा आवद्ध अन्य जुनसुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ(बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः९८०१११००२३)आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्