Skip to content
LAXMI SUNRISE BANK

बुक बिल्डिङ विधिबाट आइपीओ निष्कासन गर्ने प्रस्तावसहित सर्वोत्तम सिमेन्टको तेस्रो वार्षिक साधारणसभा मंगलबार हुदैँ

अर्थ सरोकार

काठमाडौं स् सर्वोत्तम सिमेन्ट कम्पनीको तेस्रो वार्षिक साधारणसभा मंगलबार (आज) हुदैछ । कम्पनीको सभा काठमाडौं तिनकुनेस्थित न्यौपाने टावरको पाँचौं तल्लाको हलमा बिहान ११ बजेबाट सुरु भएको छ । सभामा आर्थिक वर्ष २ं०७७/७८ को वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २ं०७८/७९ का लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।

यस्तै कम्पनीले बुक बिल्डिङ विधिबाट आइपीओ निष्कासन गर्ने प्रस्ताव सभामा पेश गर्दैछ । बुक बिल्डिङ विधिबाट आइपीओ निष्कासन गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको रेटिङ सम्पन्न भइसकेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी–आइआर त्रिपल बी प्लस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको अवस्था मध्यम रहेको जनाउछ ।

कम्पनीले ६० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ४०५ अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइने कम्पनीले जनाएको छ । बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासी, ३ लाख कित्ता कर्मचारी र २५ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK