×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताका लागि सुवास चन्द्रका १३ टिप्स

PRIME CA
GLOBAL IME BANK

दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताका लागि सुवास चन्द्रका १३ टिप्स

११ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । अनुभवी लगानीकर्ता तथा सेयर विश्लेषक सुवासचन्द्र भट्टराईले दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुका लागि १३ बुँदामा टिप्स दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमार्फत यस्तो टिप्स दिएका हुन् । उनि सेयर बजारमा झन्डै २५ वर्षदेखि सक्रिय रुपमा रहेका छन् भने नेपाल पुँजी बजार लगानीकर्ता संघको प्रदेश १ का संयोजकसमेत रहेका भट्टराई सेयर सम्बन्धी तालिम तथा परामर्स पनि दिँदै आएका छन् ।
हेर्नुहोस् उनले दिएका टिप्स यस्ता छन् :
१) धेरै बिक्रि हुने सेयर छान्ने ।
२) नाफा संचित गर्ने।
३) सधै stop loss लगाउने ८-१३% घाटामा निस्किने वा जोखिम कम लिने।
४) breakout point (buy signals) ध्यानमा राख्ने ।
५) आफ्नो गज्छे भन्दा बढि लगानी नगर्ने।
६ ) मार्केटकोविरुद्धमा नजाने/ट्रेन्डलाई फलो गर्ने ।
७) Entry र exit point पत्ता लागाउनु वा थाहा पाएर निस्किनु वा पस्नु पर्छ। आवश्यकता अनुसार होल्ड पनि गर्नु पर्छ।
८) लगानीगर्दा संस्थाको बारे बुजेर, अध्यन गरेर मात्र लगानी गर्नु पर्छ ।
९) लगानीको १० % नगद होल्ड गर्नुपर्छ ।
१०) लगानीकर्ताको sentiment बुझ्ने र बजारमा लगानी गर्ने।
११)सेयर बजार समुन्द्र हो। छालको बिपरित तिर पौडी खेल्नु जोखिम मोल्नु हो। छाल जतातिर जान्छ आफू उतैतिर जाने।
१२) अनुशासीत भएर लगानी गर्नुपर्छ ।
१३) Swing/breakout/position Traders हरु बाठो र छरितो हुनुपर्छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: