×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२५ करोडको लागतमा चन्द्रागिरि नगरपालिकाको भवन निर्माण हुँदै, माघ मसान्तभित्र आफ्नै नयाँ भवनमा सर्ने तयारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

२५ करोडको लागतमा चन्द्रागिरि नगरपालिकाको भवन निर्माण हुँदै, माघ मसान्तभित्र आफ्नै नयाँ भवनमा सर्ने तयारी

Artha Sarokar

१९ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले यही माघ मसान्तभित्र आफ्नै नयाँ भवनमा सर्ने तयारी गरेको छ । यसका लागि चन्द्रागिरि– १२ स्थित गुर्जुधारामा करिव सात रोपनी जमिनमा प्रशासकीय भवन तथा अन्य संरचना निर्माणाधीन छन् ।

मौलिक एवं सास्कृतिक कलात्मक आँखि झ्याल संरचनाको छ तलाको सो भवन २५ करोड लागतमा सम्पन्न हुन लागेको हो । तीन रोपनीमा प्रशासनिक भवन र चार रोपनीमा बाह्य संचना बनिरहेको र सो रकम मध्ये जिल्ला समन्वय समिति काठमाडौँको रु १० करोड र बाँकी नगरपालिको आन्तरिक स्रोत रहेको जनाइएको छ ।

नगरप्रमुख घनश्याम गिरीले भन्नुभयो, “यही माघ मसान्तभित्रमा हामी नयाँ भवन सर्दैछौ । भवन उद्घाटनको तयारी हुँदैछ । ” बाल, जेष्ठ नागरिक र अपाङगता मैत्री भवनको भित्री संरचना कोठा, हल तयार गर्ने , छुट््याउने, रङ्गरोगन गर्ने तथा वाह्य संरचनामा बगैँचा बनाउने काम धमाधम जारी छ । समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्य र नगर प्रमुख गिरीले विसं २०७६ मङसिर ११ गते संयुक्त रुपमा सो भवनको शिलान्यास गर्नुभएको थियो । रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का पाएको सो भवन सम्झौता अनुसार विसं २०७८ बैशाखभित्रमा नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने थियो तर कोभिड–१९ को महामारीका कारण ढिलाइ भएको भएको जनाइएको छ ।

नयाँ भवनबाट पशु सेवा कार्यलय बाहेक अन्य सेवा नगरबासीले एकीकृत रुपमा पाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अब नगरपालिकाको आफ्नै भवनबाट एकीकृत सेवा प्रवाह र विकास निर्माणको कामलाई अझ चुस्त, सरल, सहज र प्रभावकारी बनाउन सहयोग पुग्छ ।” यस अघि सो कार्यालयको भवन १ करोड ५७ लाख लागतमा निर्माण सम्पन्न भइसकेको जनाइएको छ ।

भूकम्पप्रतिरोधि र अग्नि नियन्त्रक उपकरण जटित सो प्रशासनिक भवनमा करिव २०० क्षमताको सभाहल सहित नगर प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतका कार्यकक्षमा छुट्टै ‘मिनि मिटिङ हल’ तथा ‘अण्डरग्राउण्ड पार्किङ ’ को रहेको निर्माण कम्पनीका प्रतिनिधि बरुण केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“निर्धारित मितिभन्दा अगाडि नै भवन निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गर्ने योजनामा काम भैराखेको थियो । कोरोना महामारीका बीचमा पनि स्वास्थ्य मापदण्ड अपनाएर निर्माणलाई निरन्तरता दिँदै आएका छौँ । भवनको ९५ प्रतिशत काम सम्पन्न भैसकेको छ । हस्तान्तरणको तयारीमा छौँ । ”

नगरपालिकाको १५ वडा मध्ये अधिकाशं वडा कार्यालयका आफ्नै भवन छन् । पछिल्ला समय वडा नं ३ र ४ वडाको नयाँ भवन निर्माण सम्पन्न भएको र वडा नं ७, ११ र ५ को जग्गा खरिद गरी भवन निर्माणका लागि आवश्यक काम अगाडि बढेको ननगरप्रमुख गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “नगरको भौतिक पूर्वाधार विकाससँगै नगरपालिका भवन तथा वडा कार्यालयका आफ्नै भवन बनाउने मेरो प्राथमितामा थियो । यस कार्यमा सफलता मिलेको छ । ”काठमाडौं जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप,नयाँ भञ्ज्याङ,वाड भञ्ज्याङ, बलम्बु,महादेवस्थान,तीनथाना,सतुंगल, मातातीर्थ,मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङ तत्कालीन गाउँविकास समिति मिलाएर सो नगरपालिका बनाइएको थियो ।- रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी