×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्रीन भेन्चर्सको आइपीओ बिक्री खुला, कस-कसले पाउँछ भर्न ?

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले आज सोमबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्रीमा ल्याएको छ । कम्पनीले ओखालढंगा र रामेछाप जिल्लाका स्थानीयलाई जारी पुँजीको १०% अर्थात ३१ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको हो । जसमा ओखलढुंगा जिल्लास्थित खिजिदेम्बाब गाउँपालिका वडा नं. १, २ तथा ३ र लिखु गाउँपालिका वडा नं. ९ का स्थानीयले आवेदन दिन सक्नेछन् ।
यता, रामेछाप जिल्लास्थित लिखु तामाकोशी गाउँपालिका वडा नं १ र २ तथा उमाकुण्ड गाउँपालिका वडा नं. ७ का स्थानीयले पनि सेयरमा आवेदन दिन सक्नेछ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा फगुन १६ गतेसम्म र ढिलोमा चैत १ गतेसम्म यो आइपीओ खुला रहनेछ । कम्पनीले जारी पुँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँको १०% सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो ।
रेटिङ एजेन्सी केयर नेपालले ग्रीन भेन्चर्सको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी’ प्रदान गरेको छ । जसले कम्पनीको समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जनाउँछ । यो आइपीओमा लक्ष्मी क्यापिटल मार्केट बिक्री प्रबन्धक रहेको छ । स्थानीय बासिन्दाले लक्ष्मी बैंक मंथली रामेछाप, नेपाल इन्भेष्टमेन्ट बैंक लिखु रामेछाप तथा मेगा बैंकको खिजिदेम्बा र मंथली शाखाबाट आवेदन दिन सक्नेछन । साथै, आयोजनास्थलबाट पनि आइपीओ भर्न सकिन्छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: