काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा हालसम्मकै उच्च आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अन्तिम दिन मंगलबार साँझ पाँच बजेसम्ममा सर्वसाधारणबाट २६ लाख ५९ हजार ५४० वटा आवेदन परेको हो । यो संख्या आइपीओमा परेको हालसम्मकै उच्च संख्या हो ।
कम्पनीले सर्वसाधारणबाट ४ करोड ८७ लाख ९० हजार रुपैयाँ बराबरको सेयर खरिदका लागि आह्वान गरिएकोमा मंगलबारसम्म ३ अर्ब २५ करोड २० लाख ५८ हजार रुपैयाँ को माग परेको छ । जुन सर्वसाधारणबाट माग भएको रकमको ६६.६५ गुणा बढी हो ।
अन्तिम दिन मंगलबारसम्मको तथ्यांक अनुसार कुल आवेदकमध्ये २६ लाख बढीको हात खाली हुने देखिएको छ ।धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार जाल्पा लघुवित्तको आईपीओ ४८ हजार ७९० जनाले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले हात पार्नेछन् । यो आधारमा हेर्दा प्रारम्भिक तथ्यांकको आधारमा नै २६ लाख १० हजार ७५० जनाले सेयर नपाउने देखिन्छ ।
लघुवित्तले शुक्रबारदेखि कुल ५ लाख २२ हजार कित्ता सेयर निष्काशन निष्काशन तथा बिक्री खुला गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्