×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबारदेखि जाल्पा लघुवित्तको ५ लाख २२ हजार कित्ता आइपीओ बिक्रीमा आउने, न्यूनतम १० कित्तादेखि भर्न पाईने !

PRIME CA
GLOBAL IME BANK

शुक्रबारदेखि जाल्पा लघुवित्तको ५ लाख २२ हजार कित्ता आइपीओ बिक्रीमा आउने, न्यूनतम १० कित्तादेखि भर्न पाईने !

१८ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आउँदो शुक्रबारदेखि जाल्पा लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्ने भएको छ । यस लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा जाल्पाले ५ लाख २२ हजार कित्ता आइपीओ जारी गर्नेछ । यसमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसमा माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्मा आइपीओ बिक्री नभएमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतमा ५ हजार २२० कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् । लामो समय आइपीओको पर्खाइमा बसेका लगानीकर्ताहरु शुक्रबारदेखि आइपीओ भर्न पाउने भएपछि उत्साहित भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: