×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१०.५२% लाभांश पारित गर्न ज्योति लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा शुक्रबार हुँदै, अन्य एजेन्डाहरु के-के छन् ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

१०.५२% लाभांश पारित गर्न ज्योति लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा शुक्रबार हुँदै, अन्य एजेन्डाहरु के-के छन् ?

३ फाल्गुन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा शुक्रबार फागुन ६ गते हुने भएको छ । १०.५२% लाभांश पारित गर्न कम्पनीले सो सभा बोलाएको हो । लाभांश वितरण तथा सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गरिसकेको छ ।
यसले ५% बोनस सेयर र कर प्रयोजनसहित ५.५२% नगद गरी कुल १०.५२% लाभांश दिन लागेको छ। आर्थिक वर्ष २०७६/७७ नाफाबाट कम्पनीले यो लाभांश वितरण गर्न लागेको हो । सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले लाभांश हात पार्नेछन् । सभा वाटरफ्रन्ट रिसोर्ट लेकसाइट पोखरामा बिहान ११ बजे सुरु हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: