×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकमा किर्ते काण्ड मच्चाउनेहरुको सर्वनाक हार : सीइओ र डेपुटी सीइओलाई बिदा गर्ने संचालक समितिको निर्णय !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार

PRIME CA
laxmi sunrise bank

कुमारी बैंकमा किर्ते काण्ड मच्चाउनेहरुको सर्वनाक हार : सीइओ र डेपुटी सीइओलाई बिदा गर्ने संचालक समितिको निर्णय !

काठमाडौँ ।  कुमारी बैंकको १९ करोड किर्ते काण्डमा मुछिएका बैंकका डेपुटी सिइओ मनिस तिमिल्सिना र अनुजमणि तिमिल्सीनालाई बैंकले बिदा गर्ने निर्णय गरेको छ । बैंकको संचालक समितिले भिआरएस दिएर उनीहरुलाई बैंकबाट बिदा गर्ने निर्णय गरेको हो ।

`कुमारी बैंकको किर्ते काण्डमा मनिसजीले बैंकलाई धोका दिएको थाहा पाएलगत्तै उनलाई बैंकबाट निकाल्नुपर्ने सल्लाह भई नै रहेको थियो । अन्तत उहाँलाई भिआरएस दिएर बैंकबाट बिदा गर्ने निर्णय भयो ।´ अर्थ सरोकारसँग कुराकानी गर्दै बैंकका एक संचालकले भने-`अनुजजी र मनिसजी आजैबाट कुमारीमा रहनुहुन्न । रामचन्द्र खनाललाई कामु सीइओ बनाउने निर्णय गरिसकेका छौं। ´

मनिस तिमिल्सीना र अनुजमणि तिमिल्सीना कुमारीमा हुँदादेखि नै विवादित छवि भएका व्यक्ति हुन् । जग्गाको कागज नक्कली छ भन्ने जान्दाजान्दै उनीहरुले मिलेमतोमा १९ करोड ऋण प्रवाह गर्न फाइल सदर गरेका थिए ।

कुमारी बैंकमा भएको १९ करोडको ऋण काण्डमा अर्थ सरोकारले विशेष सिरिजनै सार्वजनिक गरेको थियो । बैंकको किर्ते काण्डमा बैंककै सीइओ र डेपुटी सीइओको मिलेमतोको संकेत देखिएकोबारे अर्थ सरोकारले विशेष सामाग्रीहरु प्रकाशन गर्दै आएको थियो ।

कुमारी बैंकको यो काण्डको सिरिज यहाँ पढ्न सक्नुहुनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: