×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सेयर बजारको लागि सकारात्मक छ, ४/१२ को नीतिलेसमेत असर गर्दैन’ (भिडियो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सेयर बजारको लागि सकारात्मक छ, ४/१२ को नीतिलेसमेत असर गर्दैन’ (भिडियो)

Artha Sarokar

१० फाल्गुन २०७८, मंगलवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । शेयरबजार विश्लेषक अनलराज भट्टराईले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा शेयर बजारको लागि सकारात्मक रहेको बताउनु भएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको विषयमा प्रतिक्रिया दिँदै मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा नेपाली शेयर बजारको लागि सकारात्मक रहेको बताउनु भएको हो । उहाँले शेयर बजारलाई मौद्रिक नीतिले कुनै पनि प्रभाव नपार्ने जिकिर गर्नु भयो । भट्टराईले अहिले दैनिक ५ देखि ६ अर्बको शेयर कारोबार भइरहेको र  प्रत्यक्ष शेयर कर्जा मात्रै ८७ अर्ब बढी पुगेको अवस्थामा शेयर कर्जा घटाएको कारण बजार बिग्रियो भन्नु समाचार मात्रै भएको टिप्पणी गर्नू भयो ।
उहाँले पछिल्लो समय छोटो समयमा धेरै कमाउने ढङगले नियोजित रुपमा शेयर बजारमा चलखेल गर्नको लागि मौद्रिक नीतिको असर भन्ने गरिएको बताउनु भयो ।  राष्ट्र बैंकले शेयर कर्जामा ४/१२ को नीतिले लगानीकर्तालाई असर नगर्ने उहाँले बताउनु भयो । भट्टराईले लगानीकर्ता आफू सक्षम भएर समाचारको पछि लाग्न नहुने जानकारी दिनु भयो । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत साना लगानीकर्तालाई संरक्षण गर्ने काम गरेको तर ठूला लगानीकर्ताहरुले चलखेल गरेको भट्टराईले दाबी गर्नू भयो । अहिले राष्ट्र बैंकको मौद्रिक नीतिको विरोध गर्नु ठूला लगानीकर्ताको नाफा कमाउने तरिका मात्रै भएको उहाँको भनाइ छ  ।
भट्टराईले भन्नुभयो,‘शेयर बजारलाई नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिअर्धवार्षिक समिक्षाले केही प्रभाव पारेको छैन । किनकी प्रत्यक्ष शेयर कर्जा ८७ अर्ब भइसक्यो । हाम्रो दैनिक शेयर कारोबार ५ देखि ६ अर्बको भइरहेको छ । बीचमा २० अर्बको कारोबार पनि थियो । २० अर्बको कारोबार हुने ६०/७० अर्बको कर्जा हुने । त्यसैको कारणले बिग्रियो भने ६ दिनको कारोबारले सम्पूर्ण कर्जा पुगेको छ । शेयर कर्जा घटाएको कारणले शेयर बजार बिग्रियो भन्नु त्यो समाचार मात्रै हो । यो संगठित रुपमा नियोगित हिसाबले शेयर बजारमा खेल खेल्नको लागि मौद्रिक नीतिले असर गर्दछ भनिएको हो । जम्मा १६५ तथा करिब ५ सय जना जतिले १२ करोड माथि कर्जा लिएका छन् । ४० लाख मान्छेले शेयर कर्जा नलिकन कारोबार गर्दा उसलाई कहाँ असर प¥यो त ? जसले बढीमा खेल खेलिरहेको छ । जसलाई बढी फाइदा लिनुछ । उनीहरुको हङगामाले गर्दा यस्तो भएको हो । लगानीकर्ता कसैलाई पनि असर परेको छैन । महिले सन् २००१ देखि शेयरमा लगानी गरेको मलाई बजार तल माथि जाँदा कहिल्यै प्यानिक नै हुनु परेको छैन । लगानीकर्ता आफू सक्षम हुनुप¥यो । समाचारको पछि लाग्नु हुँदैन केही फरक पर्दैन। शेयरमा लगानी गरेको ६ वर्षको अवधिमा हेर्दा बैंकमा निक्षेप राखेको भन्दा शेयरमा लगानी गरेको रकम बढी हुन्छ । राष्ट्र बैंकले ४÷१२ करोडको नीतिले ५ सय जनालाई असर ठूलो पर्ने ४ करोड देखि १२ करोड भन्दा कम शेयर कर्जा लिने धेरै रहेका छन । उनीहरुलाई असर नै पर्दैन भने राष्ट्र बैंकले मौद्रिक नीति मार्फत साना लगानीकर्तालाई संरक्षण गरेको ठाउँमा ठूला लगानीकर्ताहरुले खेलेर आन्दोलन गरेका तर केही फाइदा भएन । अहिले राष्ट्र बैंकको मौद्रिक नीतिको केही असर होइन ठूला लगानीकर्ताको नाफा कमाउने तरिका मात्रै हो । कहिले काँही नाफा कमाउन शेयर घाटामा बेच्ने गर्दछन ।’
त्यस्तै भट्टराइले सरकारले छोटो तथा लामो समय कारोबार गर्ने शेयर लगानीकर्ता छुट्याउनु पर्ने बताउनु भयो । सरकारको उद्देश्य शेयर बजारलाई दीर्घकालिन लगानी ल्याउने उद्देश्य भएकाले लोमा समय शेयरमा लगानी गर्नेलाई सहुलियत र छोटो समयमा नाफाको लागि कारोबार गर्ने लगानीकर्तालाई कर बढी लगाउनु पर्ने भट्टराइले बताउनु भयो । उहाँले यस्तो गरे मात्रै शेयर बजार स्थिर हुनसक्ने बताउनु भयो । राष्ट्र बैंकले शेयर बजारको लागि बनाएको नीति बजार घटबढ होस भन्ने हिसाबले नबनाएको भट्टराइले बताउनु भयो । उहाँले राष्ट्र बैंकको प्रमुख उद्देश्य भनेको वित्तीय स्थायीत्व बनाउने हो बैंकलाई शेयर बजार ३२ सय वा १२ सयमा आए पनि इन्डेक्ससँग मतलब राख्ने बताउनु भयो । राष्ट्र बैंकले शेयर बजारलाई प्रत्यक्ष रुपमा नियन्त्रण नमिल्ने उहाँको भनाई छ । भट्टराइले राष्ट्र बैंकको बैैंक ब्याजदर बढाउने नीतिले बजारलाई प्रभाव पार्ने बताउनु भयो । राष्ट्र बैंकले शेयर बजार तलमाथि जान्छ भनेर बैंकको ब्याजदर परिर्वतन नगर्ने राष्ट्र बैंकको नीति नभएको पनि उहाँले बताउनु भयो ।
भट्टराइले भन्नुभयो,‘सरकारले लगानीकर्तालाई छुट्याउनु पर्छ । लामो समय जसले लगानी गर्नेलाई विभिन्न बेनिफिट दिनुपर्छ । महिना दिन भित्र धेरै कारोबार गर्नेलाई धेरै कर लगाउनु पर्छ । दुईदेखि तीनवर्ष लगानी गर्नेलाई सहुलियत दिँदै जाने हो भने दिर्घकालिन लगानी ल्याउँछ । हाम्रो उद्देश्य पनि शेयर बजारलाई दिर्घकालिन लगानी ल्याउने हो । अहिले शेयर बजारमा चलखेल भएको हो । ४÷१२ करोडको नीतिले धेरैलाई असर नै गदैन । दिर्घकालिन रुपमा शेयर बजारलाई हेर्दा शेयर बजारलाई आजको पाँच वर्ष, १५ वर्ष र ६ महिनामा कस्तो बनाउने गरी विभिन्न अवस्थामा विभिन्न नीति बनाउने गरिन्छ । तर नेपाल राष्ट्र बैंकले कुनै पनि हालतमा शेयर बजारको लागि बनाएको नीति बजार घटबढ होस भन्ने हिसाबले बनाउँदैन । राष्ट्र बैंकको प्रमुख उद्देश्य भनेको वित्तीय स्थायीत्व बनाउने काम गर्ने हो । शेयर बजार ३२ सय वा १२ सयमा आए पनि राष्ट्र बैंकलाई इन्डेक्ससँग मतलब हुँदैन । वित्तीय स्थायीत्व बनाउने र बैंकहरुले लगानी गरेको २ सय अर्ब लगानीको जोखिमबाट सजक बनाउने गरी हेर्ने हो । राष्ट्र बैंकले शेयर बजारलाई प्रत्यक्ष रुपमा नियन्त्रण गँदैन । तर केही नीतिले असर पार्छ ।बैंकको ब्याजदरको कारण बजार प्रभाव पर्छ। राष्ट्र बैंकले शेयर बजार तलमाथि जान्छ भनेर बैंकको ब्याजदर परिर्वतन गर्ने होइन। राष्ट्र बैंकको नीति होइन । यो सानो विषय हो ।’ हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी