काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १९% बोनस सेयर र कर तिर्न १% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण हुनेछ । कम्पनीले हाल कायम २५ करोड ४९ लाख ५४ हजार रुपैयाँ चुक्ता पूँजीमा उक्त बोनस र नगद लाभांश प्रस्ताव गरेको हो ।