काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले करदाताहरुकालागि काठमाडौ महानगरपालिकाको कर घरै बसी भुक्तानी गर्न मिल्ने सुविधा ल्याएको छ । सुविधा उपलब्ध भए लगत्तै करदाताहरूले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने करहरू अब ‘खल्ती’ मार्फत सहजै भुक्तानी गर्न सकिने भएको हो ।
‘स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत् नै भुक्तानी गर्न पाउँदा त्यस क्षेत्रका बासिन्दालाई सहज हुनेछ कुरामा हामी विश्वस्त छौं। साथै अहिलेको कोभिड–१९ को महामारीका बेला घरबाटै सेवा लिँदा अझ सजिलो र सुरक्षित हुने अपेक्षा हामीले राखेका छौं’ ‘खल्ती’ का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, करदाताले तल बताइएको तरिका अनुसार ‘खल्ती’ छनौट गरि भुक्तानी गर्न सक्नेछन्।
खल्ती नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानीगरि सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ। यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरि प्रयोगकर्ताहरुलाई समयको साथै पैसाको बचतमा पनि ‘खल्ती’ ले सुविधा दिँदै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्