मोरङ । चाँदीको अवैध गरगहनासहित मोरङबाट प्रहरीले एक महिला पक्राउ गरेको छ । प्रहरीले चाँदीको विभिन्न गरगहनासहित मोरङ सुनवर्षी नगरपालिका- ९ घर भएकी २९ वर्षीया मन्जु सहनीलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको ब्यागभित्र चेकजाँचका क्रममा सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट ७ केजी ४६ ग्राम तौल (पायल ठूलो २० पिस, सानो पायल ११८ पिस, टिकटक पायल ७ जोडी, खुल्ला पायल ८३ जोडी र पातलो पायल २४६ पिस) बराबरको अन्दाजी मुल्य रू ७,००,००० (रू सात लाख ) बराबरको चाँदीको गहना बरामद गरेको छ ।
उनीलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्