Skip to content
LAXMI SUNRISE BANK

सोमबार १५.६९ अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्ब ०२ करोडमाथिको सेयर कारोबार

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १५.६९ अंकले बढेर २८५१.८६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ०२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार निफ्राको भएको छ । यस कम्पनीको ४९ करोड ३४ लाख ४९ हजार ८३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै सोमबारको सेयर बजारमा बुद्ध भुमी नेपाल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतले घटेको छ । बुद्धको सेयरमा यस्तो गिरावट आउँदा सर्पोट माइक्रोफाइनान्स, साहस उर्जा कम्पनी, विन नेपाल लघुवित्त वित्तीय संस्था, नेपाल लाइफ इन्स्योरेन्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार निफ्राको भएको छ । यस कम्पनीको ४९ करोड ३४ लाख ४९ हजार ८३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेशनल हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर कम्पनी, नेपाल कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अपि पावर कम्पनी, अपर तामाकोशी हाइड्रोपावर, नेपाल हाइड्रो डेपलोर्पस, अरुण काबेली पावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा निफ्राका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा छ्याङ्दी हाइड्रोपावर, सानिमा लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, बोटलर्स नेपाल,नेपाल हाइड्रो डेपलोर्पस, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारसबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK