Skip to content
LAXMI SUNRISE BANK

राइड सेयरिङमा नयाँ आयाम थप्दै साहारा एप, अब आफ्नो कमाइ सबै आफैँले राख्न पाउने

अर्थ सरोकार

काठमाडौं । । राइड सेयरिङ एप ‘साहारा एप’ ले राइडरसँग कमिसन नलिने घोषणासँगै राइडरको आर्कषण थप बढेको छ। आफ्नो कमाइ सबै आफैँले राख्न पाउने भएपछि राइडर खुसी रहेको राइडरहरु बताउँछन्। बिजनेस ग्रोथ कम्पनीले सञ्चालन गरेको यो एपमा अन्य राइड सेयरिङ एपभन्दा सस्तो पनि रहेको सेवाग्राही बताउँछन्। कम्पनीले सेवाग्राही र राइडरको हितमा विभिन्न योजनाहरु ल्याउँदै आएको छ।

साहारा एपको बाइक र ट्याक्सी चलाएर महिनाको ६० हजारभन्दा बढी कमाउने राइडरहरु पनि रहेका छन्। एप चलाउन सजिलो हुनुका साथै निःशुल्क तालिम, कमिसन दिन नपर्ने र आनन्दले आम्दानी गर्न सकिने राइडरहरु बताउँछन्। नेपालीले नै निर्माण र सञ्चालन गरेको यस एप पछिल्लो समय ग्राहक र राइडरको पहिलो रोजाइमा पर्ने गरेको छ। थप विशेषतासहित अन्य सुविधा पनि थप्दै जाने कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK