×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चार ज्येष्ठ नागरिकद्वारा विद्यालयलाई तीन लाख ७० हजार रुपैयाँ सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चार ज्येष्ठ नागरिकद्वारा विद्यालयलाई तीन लाख ७० हजार रुपैयाँ सहयोग

Artha Sarokar

२२ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

म्याग्दी । मालिका गाउँपालिका–४ च्युरीबोटमा रहेको सिद्धार्थ माविलाई चार ज्येष्ठ नागरिकले शनिबार रु तीन लाख ७० हजार सहयोग गरेका छन् । च्युरीबोटमा जन्मिएर हाल बेलायत बस्दै आएका नरबहादुर पुन, उनकी श्रीमती धनमाया, पोखरा बस्ने तनमाया पुनले रु एक-एक लाख र च्युरीबोटकी लालसरी घर्तीले रु ७० हजार सहयोग गरेका छन् ।

नरबहादुर, धनमाया र तनमायाले चौरासी वर्ष पुगेका अवसरमा विद्यालयमा स्थापित सिद्धार्थ अक्षयकोषलाई रकम उपलब्ध गराएका छन् । तनमायाले दिवङ्गत श्रीमान् हिमप्रकाश घर्ती पुनको स्मृतिमा सहयोग गरेका हुन् । हिमप्रकाशको गत वर्ष दुर्घटनामा ज्यान गएको थियो । उनीहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर पुन, प्रअ ललितबहादुर घर्ती र सिद्धार्थ मावि अक्षयकोषका अध्यक्ष भिजेन्द्रमान पुनलाई नगद हस्तान्तरण गरे ।

चौरासी वर्ष पुगेको खुसियाली मनाउने फजुल खर्च बचाएर आफ्नो जन्मथलोमा विद्यालय सञ्चालन गर्न स्थापित अक्षयकोषमा सहयोग गरेको नरबहादुरले बताए । नरबहादुरका दम्पत्तिले यसअघि अक्षयकोषमा रु २५ हजार सहयोग गरेका थिए । कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा तीन निजी स्रोतका शिक्षक छन् । विद्यालयमा एक सय ६८ विद्यार्थी छन् । निजी स्रोतबाट मावि सञ्चालन गरिएको हो । विद्यालयले सहयोगदातालाई सम्मान गरेको थियो । –रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी