Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ कसुरको मुद्दामा १ करोड २५ लाख रुपैयाँ जरिवाना तोकिएका व्यक्ति पक्राउ

अर्थ सरोकार

काठमाडौँ । बैंकिङ कसुरको मुद्दामा फरार भएका एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले बुढानिलकण्ठ नगरपालिका-८ घर भई हाल जितपुर सिमरा उपमहानगरपालिका-२ बस्दै आएका ६८ वर्षीय कृष्णबहादुर थापालाई जितपुर सिमरा-४ बाट पक्राउ गरेको हो ।
थापालाई उच्च अदालत पाटनले २०७७ साल मंसिर २२ गते १ करोड २५ लाख रुपैयाँ बिगो जरिवाना हुने फैसला गरेको थियो । तर, उनी बिगो दाखिला नगरी फरार भएका थिए ।
फरार भएपछि उनलाई जिल्ला अदालत काठमाडौंले २०७८ साल फागुन २० गते एक वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो। थापालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पठाइएको महाशाखाले जनाएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK