काठमाडौँ । बैंकिङ कसुरको मुद्दामा फरार भएका एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले बुढानिलकण्ठ नगरपालिका-८ घर भई हाल जितपुर सिमरा उपमहानगरपालिका-२ बस्दै आएका ६८ वर्षीय कृष्णबहादुर थापालाई जितपुर सिमरा-४ बाट पक्राउ गरेको हो ।
थापालाई उच्च अदालत पाटनले २०७७ साल मंसिर २२ गते १ करोड २५ लाख रुपैयाँ बिगो जरिवाना हुने फैसला गरेको थियो । तर, उनी बिगो दाखिला नगरी फरार भएका थिए ।
फरार भएपछि उनलाई जिल्ला अदालत काठमाडौंले २०७८ साल फागुन २० गते एक वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो। थापालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पठाइएको महाशाखाले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्