×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिलिमे जलविद्युतद्वारा सेयरधनीहरुलाई ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह, नलगे के हुन्छ ?

अर्थ सरोकार

प्रकाशित मिति : १३ चैत्र २०७८, आईतवार

PRIME CA

चिलिमे जलविद्युतद्वारा सेयरधनीहरुलाई ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह, नलगे के हुन्छ ?

अर्थ सरोकार

प्रकाशित मिति : १३ चैत्र २०७८, आईतवार

काठमाडौं । चिलिमे जलविद्युतले आफ्ना सेयरधनीलाई पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले २०७३ पुस २९ गते सम्पन्न कम्पनीको २०औं साधारणसभाबाट पारित आव २०७२/७३ को नगद लाभांश कतिपय सेयरधनीले हालसम्म पनि बुझिलिन बाँकी रहेकोले समयमै बुझ्न अनुरोध गरेको हो ।
पाँच वर्ष पूरा भएका नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेकाले यथाशिघ्र सम्पर्क गरी आफ्नो लाभांश सुरक्षित गर्न कम्पनीले सूचनामार्फत आग्रह गरेको हो ।
कम्पनीले एक महिनाभित्र कम्पनीको रष्ट्रिार कार्यालय सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्सालमा सम्पर्क गर्न भनेको छ । समयमै लाभांश नबुझे उक्त लाभांश कम्पनी ऐन २०६३ दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेसमेत कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: