×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘म ३५ वर्षदेखि निजी क्षेत्रमा छु, तर अहिलेसम्म पनि नीजि क्षेत्रको मनोवल खस्केको देखेको थिएन’ : अध्यक्ष गोल्छा(भिडियो)

PRIME CA

‘म ३५ वर्षदेखि निजी क्षेत्रमा छु, तर अहिलेसम्म पनि नीजि क्षेत्रको मनोवल खस्केको देखेको थिएन’ : अध्यक्ष गोल्छा(भिडियो)

अर्थ सरोकार

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलको अर्थतन्त्रको चुनौतीले निजी क्षेत्रको मनोवल उच्च रुपमा गिराएको बताउनु भएको छ । शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ५५ औँ स्थापना दिवसको अवसरमा बोल्दै अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौतीले निजी क्षेत्रको मनोवल उच्च रुपमा गिराएको बताउनु भएको हो । उहाँले उद्योग क्षेत्रमा काम गरेकोे ३५ वर्षको अनुभवमा पहिलो पटक निजी क्षेत्रको मनोवल उच्च रुपमा खस्केको दाबी गर्नु भयो । पछिल्लो समय मुलुकको अर्थतन्त्र अत्यन्तै चुनौती पूर्ण अवस्थामा पुगेको उल्लेख गर्दै अध्यक्ष गोल्छाले त्यसको मुख्यकारण बजारमा तरलता अभाव नै भएको जिकिर गर्नु भयो । उहाँले मुलुकको सोधानान्तर स्थिति र बैंकमा कर्जाको ब्याजदर उच्च वृद्धि तरलता अभावको कारण भएको बताउनु भयो । अहिले सरकारी कर्मचारी तथा राजनीतिक व्यक्तिहरुले तरलताको समस्या उद्योगी व्यवसायीहरुको मात्रै भएको भन्ने गरेको भन्दै अध्यक्ष गोल्छाले तरलताको समस्यामा कोही पनि अछुतो नरहेको बताउनु भयो । उहाँले तरलताको समस्या तत्काल समाधान गर्नु पर्ने जरुरी भए पनि सरकारको ध्यान समस्या समाधान गर्ने तर्फ नगएको गुनासो गर्नु भयो । सरकारले अर्थतन्त्रमा देखिएका समस्या प्राथकिताका आधारमा समाधान नगर्ने हो भने आगामी दिनमा अर्थतन्त्रले विकराल रुप लिनसक्ने चेतावनी समेत दिनु भयो ।

उहाँले भन्नुभयोे, ‘म ३५ वर्ष भयो उद्योग वाणिज्य क्षेत्रमा लागेको तर अहिलेसम्म यस्तो समय देखेको छैन नीजि क्षेत्रको मनोवल खस्केको अवस्था छ । अर्थतन्त्रमा यो भन्दा अगाडि पनि चुनौतीहरु भोगेका छौं । भुकम्प,राजनीतिक परिर्वतन, श्रम सम्बन्ध बिग्रिएको समय र भारतीय नाकाबन्दीको समयमा विभिन्न चुनौतीहरु भोगेका थियौ ।तर अहिलको यो चुनौतीले नीजि क्षेत्रको मनोवल गिराएको छ । अर्थतन्त्रमा देखिएको चुनौतीको मुख्य जरो बजारमा भएको तरलता नै हो । हामी सोधानान्तर वा कर्जाको ब्याजदरको कुरा गछौं । त्यो सबै कुरा तरलतासँग जोडिएको छ । तरलताको अहिलेको समस्या उद्योगी व्यवसायीको मात्रै होइन। अहिले राजनीतिक पार्टीहरु तथा सरकारी कर्मचारीहरुले बोल्दा यो समस्या उद्योगी व्यवसायीको मात्रै हो जस्तो इमप्रेसन दिन्छन् । यो हामी सबै नेपालीको समस्या हो । यसबाट कोही अछुतो रहन सक्दैन । सरकारले यो समस्या समाधान नगर्ने हो भने यसले मुलुकको अर्थतन्त्रमा जु विकृति र चुनौती लिएर आएका छन् । उद्योगी व्यवसायीको समस्या मात्रै होइन । त्यसको एउटा माध्यम मात्रै हौ । यो समस्या हामी सबैको हो । यो गम्भिर समस्या रहेको छ । यो समस्या समाधान तत्काल गर्नु पर्ने जरुरी छ । सरकार समाधान गर्ने तर्फ तयार नभएको गुनासो गरिरहेका छौं । कीन भने ९ महिना भैसक्यो अहिलेसम्म उद्योग वाणिज्य मन्त्री पाउन सकिएको छैन । यति ठूलो संकटको कुरा गदैछौं । तर यो संकटको लागि अर्को विषयलाई समाधान गर्न समय बर्बाद गर्दै छौं । जुन हामो समस्या टाउँकोमा आइसक्यो । त्यो समस्या नगर्ने हो भने । यो उद्योग व्यवसायी डुब्दैनौं । यो समस्याबाट सम्पूर्ण आम जनताले समस्या भोग्छन् । सरकारले यस्ता समस्या प्राथकिताका आधारमा समाधान नगर्ने हो भने आउने समय हाम्रो लागि एकदमै विकाराल हुने छ ।’

त्यस्तै अध्यक्ष गोल्छाले सरकारले बस्तु आयातमा कडाई गर्ने नीति बनाउँदा उद्योगी व्यवसायीहरुसँग छलफल गरेर मात्रै ल्याउनु पर्ने बताउनु भयो । उहाँले सरकारले अर्थतन्त्रको अवस्था हेरर आयातित बस्तुहरुलाई प्राथमितामा राख्नु राम्रो भएको बताउनु भयो । अध्यक्ष गोल्छाले आयात घटाउँदा राजश्वमा असर परेर देश सञ्चालनमा समस्या भएर साधरण खर्च धान्न नसक्ने अवस्था आउन सक्ने बताउनु भयो । सरकारले राजश्वमा प्रभाव पर्ने नीति बनाउँदा निजी क्षेत्रसँग छलफल नगर्दा अर्थतन्त्रमा विकृति देखिने उहाँको भनाई छ । अध्यक्ष गोल्छाले अहिलको अर्थतन्त्रको समस्या आयातलाई मात्रै कडाई गरेर समाधान नहुने तर्क गर्नु भयो । उहाँले भन्नुभयो,‘ हाम्रा प्रमुख आयातित बस्तुहरुलाई प्राथमिकतामा राख्नु पर्छ । किनकी औषधि,पेट्रोयिम पदार्थ आयातको लागि रकम छुट्याउनै पर्ने आवश्यक देखिन्छ । त्यो भन्दै गर्दा हामी आयात घटाउँदा राजश्वमा सिधा असर पर्छ र राजश्वमा असर पर्दा देश सञ्चालनमा गाह्रो हुन्छ । भोली साधरण खर्च धान्न पनि गाह्रो हुनसक्छ । सरकारले त्यस्ता नियम तथा नीतिहरु ल्याउँदा नीजि क्षेत्रसँग छलफल नगरी ल्याउने हो भने अर्थतन्त्रमा पूर्ण विकृति देखिन्छ । अहिले राजश्वको लक्ष्य प्राप्त भएको छ । अब सरकारले आयातलाई मात्रै घटाउने हो भने राजश्वको लक्ष्य प्राप्त गर्न सक्दैनौं । सरकार जब साधरण खर्च पनि गर्न सक्दैन । विकासका कुरा छाडौ अनि देश कुन दिसा तिर जान्छ । यसको समाधान आयात कम गरेर मात्रै काम छैन । तर कुनै न कुनै रुपमा प्राथमिकतामा राख्न जरुरी छ ।

त्यस्तै गोल्छाले घर धितो राखेर विदेश गएका नेपाली युवाहरुले पठाउने रेमिटेन्स बढाउन सरकारले प्रोत्साहन दिनु पर्ने बताउनु भयो । सरकारले उचित प्रोत्साहन दिए मात्रै बैंकिङ च्यानलबाट पैसा ल्याउन सकिने भन्दै गोल्छाले रेमिटेन्स बैंकिङ च्यानलबाट मात्रै पठाउन पाउने नीति ल्याउनु जायज नहुने बताउनु भयो । उहाँले विदेशमा दुख गरेर कमाएको पैसा कसरी नेपालमा पठाउने भन्ने कुरा उनीहरुको अधिकारको विषय भएको बताउनु भयो । सरकारले रेमिटेन्समा प्रोत्साहन दिने व्यवस्था नगरेसम्म बैंकिङ च्यानलबाट पैसा ल्याउने कुरा सम्भव नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ हामी सोधानान्तर स्थितीको कुरा गछौं । हामी धेरै पटक भन्छौ रेमिटेन्स आउनको लागि नियम बनाउनु पर्छ । जो नेपाली विदेश जान्छन् । उनीहरुले रेमिटेन्स सरकारी वा बैंकिङ च्यानलबाट ल्याउनु पर्छ भनेर नियम बनाउँ भनेर भनिन थालेको छ । जो नेपाली हाम्रो युवाहरु आफ्नो घर धितो राखेर विदेश गएका छन् । त्यसमा सरकार र नीजि क्षेत्रले पनि लगानी गरेको छैन । उनीहरुले घाममा पसिना बगाएर काम गरि पैसा कमाएका छन । त्यो पैसा नेपालमा कसरी ल्याउन चाहान्छन् । त्यसको लागि कुनै नियम बन्न सक्दैन । त्यो आफ्नो अधिकारको कुरा हो । घर धितो राखेर विदेश गएका छन् । उनीहरुलाई बैंकिङ च्यानलबाट पैसा ल्याउन दिने हो भने कुनै न कुनै प्रात्साहन दिनु पर्छ । सरकारले प्रोत्साहन नदिएर नियम मात्रै बनाउने हो भने जायज हुँदैन । सरकारले यस्तो काम गर्नु हुँदैन । नेपालले विदेश जान दिएर मात्रै रेमिटेन्स बैंकिङ च्यानलबाट पैसा ल्याउन सम्भव छैन । उनीहरुले विदेशमा क्रिप्टोकरेन्सी लगानी गर्छन् भने पनि नेपालबाट लगानी गर्न पाइदैन भन्न मिल्दैन । सरकारले रेमिटेन्समा प्रात्साहन ल्याउने नीति बनाए मात्रै रेमिटेन्स बढ्छ । हाम्रो संसदमा अनावश्यक छलफल हुने गरेको तर अर्थतन्त्र गम्भिर रुपमा आउँदा समेत छलफल हुन छाडेको छ । यस्तो समस्या हाम्रो टाउँकोमा आएको छ । जुन समस्याले देशलाई असफल बनाउन सक्छ । अर्थतन्त्र धोस्त बनाउन सक्छ । त्यस विषयमा किन संसद्मा छलफल गरेका छैनौ । अध्यक्ष गोल्छाले रेमिटेन्समा सरकारले प्रोत्साहन दिने नीति बनाए मात्रै रेमिटेन्स बढ्दै जाने बताउनु भयो । हेर्नुहोस् भिडियोः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: