काठमाडौं । फोर्स मोटर्स नेपालले आफ्नो नँया गाडी फोर्स गुर्खा नेपाली बजारमा विक्री वितरण शुभारम्भ गरेको छ। नेपालका बाटोहरुलाई अन्त्यन्त उपयुक्त यस गाडीको विक्री वितरण बिहीबारबाट सुरु गरेको आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुव थापाले बताए । आयाम फोर्स मोटर्सको लागि नेपालको आधिकारिक विक्रेता हो। ‘ग्राउण्ड–अप मोडुलर आर्टिटेक्चर प्लेटफर्मूमा निर्मित यस गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी वागनलाई प्रतिविम्बित गर्छ।
लामो र चौडा वनावट भएको गुर्खा को क्याबिन अत्यन्त फराकिलो र आरामदायी छ। यसमा चारै जना यात्रुको लागि क्याप्टेन सिट लगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बोरुम एवं ५०० लिटरको बुट स्पेसको व्यवस्था छ। मर्सिडिज निर्मित २६०० सिसि इन्जिन जडित गुर्खा आफ्नो श्रेणीमा ९सेग्मेंट० एक मात्र यस्तो गाडी हो जुन विना कुनै समस्या तीन अंकको गतिमा हाइवेमा दौडिन, ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्छ। त्यस्तै यसमा रहेको एअर इन्टेक स्नोर्कल र चारैवटा पाङ्ग्रामा भएको लक पनि अन्य भन्दा विशेष प्रकारको रहेको छ।
अटो मिडियाले यो गाडीको टेस्ट ड्राइभ सम्बधि गरेको कभरेजमा गुर्खा को डिजाइन, इस्टाइल र स्पेस अरु भन्दा उकृष्ट भएको जनाएका थिए। पाँचवटा विभिन्न आकर्षक रंगहरुमा उपलब्ध गुर्खा को वारेन्टी ३ लाख किमि वा ३ वर्ष छ। साथै ग्राहकहरुले चार पटक सम्म निशुल्क सर्भिसिंग सेवा प्राप्त गर्नेछन। दक्ष र अनुभवी जनशक्ति तथा अत्याधुनिक पूर्वाधार सहित गुर्खाको अधिकृत विक्रेताले ग्राहकहरुलाई उच्च भन्दा उच्च सेवा र सुविधा प्रदान गर्ने उल्लेख गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्