काठमाडौं । गरिमा विकास बैंकको वार्षिक साधारणसभा भोलि शुक्रबार हुने भएको छ । सभा होटल पोखरा ग्राण्ड पोखरामा बिहान १०ः३० बजेदेखि सुरु हुने भएको हो । सभामा बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १६% बोनस दिने प्रस्ताव पेश गर्ने भएको छ । बैंकले सहारालाई प्राप्तिपश्चात कायम चुक्ता पुँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ रुपैयाँबाट बोनस सेयर घोषणा गरेको हो । यसर्थ, बैंकले ६३ करोड १७ लाख ९ हजार २९६ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।
जसमा कात्तिक २८ गतेसम्म कायम सेयरधनीलाई कर छुट हुनेछ भने त्यसपछि सेयर खरिद गर्ने लगानीकर्ताले नियमअनुसार कर तिर्नुपर्नेछ । सभाको लागि बैंकले चैत ४ गतेदेखि बुक क्लोज गरिसकेको छ । चैत ३ गतेसम्म कायम सेयरधनी मात्र प्रस्तावित लाभांशको हकदार हुनेछन् ।
यस्तै ५१% संस्थापक सेयर हुनुपर्ने व्यवस्थाअनुसार अपुग १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले अन्य कुनै वित्तीय संस्थामा गाभ्न–गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पेश गर्नेछ । बैंकको आर्थिक वर्ष २०७७/७८ को नाफानोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्