काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि चैत ८ गतेदेखि ३१ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३१ लाख २५ हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । जसमध्ये १ लाख ५६ हजार २५० कित्ता सामुहीक लगानी कोष, ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुले र बाँकी २८ लाख ७५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने भएको छन् ।
उक्त सेयरमा लगानीकर्ताहरुले चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा भने चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
। कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त भएको छ । रेटिङ एजेन्सी कियर रेटिङ्ग नेपालले ग्रीन भेन्चर्सको आइपीओलाई औसत आधार जनाउने ‘कियर एनपी डबल बी’ रेटिङ दिएको छ लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्