×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइतबारदेखि आइएमई जनरलले ४५ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर जारी गर्दै, चैत १३ गतेसम्म आवेदन पाइने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आइतबार (फागुन २२ गते) देखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १०ः४ अनुपातमा ४०% अर्थात ४५ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँको ४०% हकप्रद बिक्री गर्न लागेको हो ।
यो हकप्रद बिक्रीपछि भने पूँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । उक्त हकप्रद सेयरको लागि यसले फागुन १ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, त्यसअघिसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यो हकप्रद सेयरमा लगानीकर्ताले चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आइएमई जनरलको हकप्रदलाई इक्रा नेपालले ‘इक्रा आईआर बीबीबी’ रेटिङ दिएको छ । जसले मध्यम कर्जा जोखिम रहेको जनाउँछ । यसमा बिक्री प्रबन्धकको काम भने ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: