×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइपीओमा लगानी गर्ने अवसर ! २७ कम्पनीको ७ अर्ब ३० करोड बराबरको आइपीओ पाइपलाइनमा

PRIME CA

आइपीओमा लगानी गर्ने अवसर ! २७ कम्पनीको ७ अर्ब ३० करोड बराबरको आइपीओ पाइपलाइनमा

६ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौ । २७ कम्पनीको ७ अर्ब ३० करोड रुपैयाँ बराबरको आइपीओ आउने तयारीमा रहेको छ । धितोपत्र बोर्डसंग २७ कम्पनीले ७ अर्ब ३० करोड ६९ लाख २९ हजार ९ सय रुपैयाँ बराबरको आइपीओ निष्कासनको अनुमति मागेका हुन् । जसमा अधिकांश कम्पनीहरु जलविद्युत समूहका रहेका छन् ।
२० जलविद्युत्, ३ लघुवित्त, २ इन्स्योरेन्स कम्पनी, मुक्तिनाथ कृषि कम्पनी र डिस मिडिया नेटवर्कले बोर्डसँग आइपीओ निष्कासनको अनुमति मागेका हुन् । यी सबै कम्पनीको आइपीओलाई बोर्डले अनुमति दिएमा बजारमा कुल ६ करोड ६३ लाख ४९ हजार २८९ कित्ता सेयर बजारमा थपिनेछ ।
यसो त पाछिल्लो समय आइपीओमा सर्वसाधारणको आकर्षण बढिरहेको पाईन्छ । सीडीएससीको पछिल्लो तथ्यांक अनुसार डिम्याट खाता खोल्नेको संख्या ५० लाख ५७ हजार कटिसकेको छ । माग भन्दा कयौं गुणा बढी आवेदन पर्ने भएकाले पछिल्लो समय १० कित्ता आइपीओ पर्न पनि भाग्यकै भर पर्नुपर्ने आवस्था आएको छ । आइपीओसंगै दोस्रो बजारमा प्रवेश गर्ने लगानीकर्ताहरुको संख्या पनि दिन प्रतिदिन बढ्दै गईरहेको छ । जसबाट पूँजी बजारसमेत थप बलियो हुँदै गरको पाईन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: