×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुरमा उद्यमी महिला मेला आयोजना हुने, सहुलियत दरमा विभिन्न सामग्री पाइने (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ललितपुरमा उद्यमी महिला मेला आयोजना हुने, सहुलियत दरमा विभिन्न सामग्री पाइने (भिडियो)

२६ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ललितपुर । ललितपुर महानगरपालिकाका १६ नम्बर वडाको आयोजनामा उद्यमी महिला मेला हुने भएको छ । ललितपुर महानगरपालिका १६ नम्बर वडाको मुख्य भागमा अवस्थित नागबहालमा मेला फागुन २७, २८ र २९ गते सञ्चालन हुने भएको हो । महिला सशक्तिकरणको आधारः उद्यमशीलता र रोजगार भन्ने नाराका साथ नेपाल हस्तकला महासंघ, ललितपुर उद्योग वाणिज्य संघ, नागबहाल टोल सुधार समिति र इलाननी टोल सुधार समितिसँगको सहकार्यमा मेला आयोजना हुनेछ ।
स्थानीय महिला उद्यमी र व्यवसायीद्वारा उत्पादित र बिक्री वितरण गर्दै आएको सामग्रीको प्रवद्र्धन गरी महिला उद्यमशीलतालाई प्रवद्र्धन गर्ने मेलाको मुख्य उद्देश्य रहेको ललितपुर महानगरपालिका १६ नम्बर वडाका अध्यक्ष निर्मलरत्न शाक्यले बताउनु भयो । उहाँले हस्तकला, संस्कृति, कलाकार, फोटोग्राफी, संगीत र समाजका विविध क्षेत्रमा क्रियाशील स्थानीय प्रतिभा पहिचान गर्ने र लुकेका प्रतिभा प्रस्फुटन गराउने मेलाको अर्को उद्देश्य भएको बताउनु भयो ।
मेलामा स्थानीय महिला समूह र विभिन्न सहकारीहरुले उत्पादन गरेका काष्ठकला, गरगहना, कपडा, धातुका मूर्तिहरु, दैनिक प्रयोगका सामग्रीहरु, लत्ता कपडा र सजावटका सामग्रीहरु गरी ५ वटा स्टल रहनेछन् । हस्तकला सामग्रीहरु सहुलियत दरमा बिक्री गर्ने स्टलहरु पनि मेलाा रहने आयोजकले जनाएको छ । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: