काठमाडौं । बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको छिमेक लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको लिलामी सेयरमा आवेदन दिने भोलि बुधबार अन्तिम दिन रहेको छ । बैंकले आरएमडिसी लघुवित्तको १ लाख ४९ हजार ८ सय कित्ता र छिमेक लघुवित्त वित्तीय संस्थाको ६ लाख ६ हजार १४० कित्ता सेयर फागुन ५ गतेदेखि लिलामीमा ल्याएको थियो ।
उक्त सेयर खरिद गर्न इच्छुक दुबै कम्पनीका विद्यमान संस्थापक सेयरधनीले बुधबार कार्यालय समयभित्र बिओके क्यापिटल मार्केट लिमिटेड नारायणचौर नक्सालमा काठमाडौंमा आइपुग्ने गरी शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । आरएमडिसीको सेयर मूल्य प्रतिकित्ता रू.५४० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ । न्यूनतम २ हजार कित्ता र अधिकतम सम्पूर्ण सेयर संख्याको लागि आवेदन दिन सकिने छ ।
यता छिमेक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ६०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । कम्पनीको सेयरमा बोलपत्र पेश गर्दा न्यूनतम २ हजार कित्ता र अधिकतम सम्पूर्ण सेयर सख्याको लागि आवेदन दिन सकिने छ। सेयर बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्