धनगढी। माछापुच्छ्रे बैंकले सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। उक्त शाखा कार्यालयको बिहीबार धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्।
उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति थियो। नयाँ शाखासँगै कैलाली जिल्लामा माछापुच्छ्रे बैंकको शाखा संख्या ४ पुगेको छ। देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले धनगढीको राजपुरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
नयाँ शाखामार्फत कर्जा, निक्षेपलगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरुका साथमा चौबीसै घन्टा एटीएम सेवा पनि उपलब्ध हुने बैंकले जनाएको छ। बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्