Skip to content
LAXMI SUNRISE BANK

माछापुच्छ्रे बैंकको नयाँ शाखा धनगढीको राजपुरमा, कति पुग्यो शाखा संख्या ?

अर्थ सरोकार

धनगढी। माछापुच्छ्रे बैंकले सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। उक्त शाखा कार्यालयको बिहीबार धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्।

उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति थियो। नयाँ शाखासँगै कैलाली जिल्लामा माछापुच्छ्रे बैंकको शाखा संख्या ४ पुगेको छ। देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले धनगढीको राजपुरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखामार्फत कर्जा, निक्षेपलगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरुका साथमा चौबीसै घन्टा एटीएम सेवा पनि उपलब्ध हुने बैंकले जनाएको छ। बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK